काठमाडौं,
कार्तिक १३ ।
पृथ्वी खनाल र मेचु धिमालको स्वरमा को रहेको गीत ‘मलमल कुर्तावाली…’ सार्वजनिक भएको छ । गायन रियालिटि शो भोईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भोईसमामा पृथ्वी उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकी थिईन ।
https://youtu.be/Nmd6Xwh0GrQ
ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, सङ्गीत करणज कार्की, एरेञ्ज देवेश राई, मिक्सिङ/मास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दीपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायाँकन अनिल के मानन्धर, सम्पादन/कलर मनोज कार्की, कथा पृथ्वी खनाल र कोरियोग्राफि तथा निर्देशन मौसम हिमालीको रहेको छ ।






