काठमाडौं,
कार्तिक ७ ।
शुक्रबार थप थप ४४ सय ९९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ४९९ सङ्क्रमित थपिएका हुन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार ८ पुगेको छ । देशभर आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ६९६ छ । पछिल्लो २४ घण्टामा दुई हजार ६६८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म एक लाख पाँच हजार ४८८ जना सङ्क्रमित निको ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् । आजसम्म देशभर जना क्वारेन्टिनमा छन् । देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २९० जना आईसीयूमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा शुक्रबार थप दुई हजार ७२० जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमा एक हजार ९२ महिला र एक हजार ६२८ पुरुष छन् । काठमाडौंमा मात्र हालसम्म २० हजार १९६ सक्रिय सङ्क्रमित छन् भने भक्तपुरमा एक हजार ३६५ र ललितपुरमा एक हजार ५७४ छन् । त्यसैगरी काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म १८६, भक्तपुरमा ५४ र ललितपुरमा ५३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट देशभर १७ जनाको मृत्यु भएको हो ।






