काठमाडौं,
कार्तिक ४ ।
बिजया दशमीको अवसरमा यूवा पण्डित कुबेर सुबेदी र मेनुका पौडेलको नवदुर्गाको भजन सार्बजनिक भएको छ । घटस्थापनादेखी दशैँको दिन सम्मलाई समेटिएको सार्वजनिक भजनमा कथा ब्यास पण्डित कुबेर सुबेदी तथा नेपाल आइडल र सारेगमपमा सहभागी गायिका मेनुका पौडेलको स्वर रहेको छ ।
राजु अधिकारीको सङ्गीत भुपु पाण्डेको एरेञ्ज छ । यसअघि सार्वजनिक सुवेदीको पुरुषोत्तम मासको भजन पनि लोकप्रिय रहेको छ । सार्वजनिक दर्गा भजन पाऊ पाथीभरा माताको मन्दिरमा छायाँकन गरिएको छ । नव दुर्गासहित घटस्थापनादेखी दशैँसम्मका दिनहरूका महिमाहरू लाई भजनमा समेटिएको छ ।






