अञ्जुको स्वरमा ‘ताप्लीको रानीपोखरी’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक ४ ।

अञ्जु पन्तको स्वरमा रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा सङ्गीतकार डिबी खड्कासँग गाएकी छन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका सङ्गीत एरेञ्ज देबेन्द्र नेवाले गरेका छन् ।

गीतको आकर्षक भिडियोसमेत बनेको छ । जसमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकास खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

गीतको शब्द तथा सङ्गीतमा आफूले निकै मिहिनेत गरेको सङ्गीतकार खड्काले बताए । ‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छ’ खड्काले थपे ।

यसमा तपाइको मत

अन्य समाचार