काठमाडौं,
कार्तिक ४ ।
नेपालीहरूको महान् चाड दशैंको आज चौथो दिन । आज कुष्माण्डा देवीको पूजा अर्चना गरिंदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पनि पुज्ने गरिन्छ । उहाँको वहान सिंह हो ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ ।
दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठमा नियमित पूजासँगै चन्द्रघण्टा भगवतीको पुजा गरिंदैछ । अघिल्लो बर्ष विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरे पनि यस बर्ष कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण त्यस्तो अवस्था छैन । केवल नियमित पूजासँगै सम्बन्धित मन्दिरका पुजारीले मात्रै देवी भगवतीको पूजा गर्ने ब्यवस्था मिलाइएको छ ।






