गायक तथा सर्जक प्रवान जे र भारतीय गायिका दीपशिखाको स्वरमा ‘माछि भुल्यो…’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक ३ ।

गायक तथा सर्जक प्रवान जे र भारतीय गायिका दीपशिखाको स्वरमा रहेको लोकदोहोरी गीत ‘माछि भुल्यो…’ सार्वजनिक भएको छ । प्रभावन जे कै निर्देशन रहेको गीतको भिडियोमा नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको छ ।

भारतीय गायिका दीपशिखाले पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो स्वर दिएकी हुन् । क्लासिकल विधामा अब्बल रहेकी दीपशिखाले ७० भन्दा बढि गीत गाईसकेकी छन् । भारतको लखनउमा जन्मेकी उनी मुम्बईमा बस्दै आएकी छन् । उनले हाल सम्म १० भन्दा बढि नेपाली गीत गाईसकेकी छन् । उनले रेडियो नेपालमासमेत गीत रेकर्ड गराईसकेकी छन् ।

ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन, राजाराम गौतमको कास्टिङ निर्देशन, सन्तोष राजवाहकको करियोग्राफ, डिन्शन शाहको सम्पादन, शरिता प्रजापतिको श्रृङ्गार, विवेक चौलागाई निर्माण व्यवस्थापक र , श्याम धिताल निर्माण नियन्त्रक रहेका छन् भिडियोमा ।
प्रभावन जे कै शब्द रहेको गीतमा जीवन वडुको एरेञ्ज छ । भिडियो डीएआर मुभिज एण्ड फिल्म इन्डस्ट्रिको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार