सुजलको अभिनयमा ‘बहिनी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक २ ।

सुजल बमको अभिनय रहेको अर्को गीतको भिडियो ‘बहिनी’ सार्वजनिक भएको छ । दाजु र बहिनीबीचको सम्बन्ध दर्शाउने एउटा मौलिक गीतको भिडियोमा सुजल र जिबी चिरन (चिरञ्जीबी सापकोटा)को अभिनयले जिवन्तता भरेको छ । साथै समीक्षा पोखरेल र निना बुढाथोकीको अभिनय रहेको छ ।

सतिश अधिकारीको शब्द तथा हेमन्त कान्छा रसाइलीको सङ्गीत र स्वरमा तयार भएको गीतको भिडियो एसथ्रीके इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । गीतकार अधिकारीकै परिकल्पनामा बनेको गीतको भिडियोको बिक्रम चौहानले निर्देशन गर्नुभएको छन् भने प्रकाश खड्को छायांकन छ । त्यस्तै दिन्सन शाहको सम्पादन छ ।

बहिरा कलाकार सुजल बमको केही समयअघि ‘बैनी झ्यालैमा…’ गीतको भिडियो सार्वजनिक भएको थियो, जुन अत्यधिक रुचाइएको थियो । ‘मिस्टर एन्ड मिस एसईई’मा विभिन्न उपाधि  जितेर औपचारिक रुपमा यो क्षेत्रमा होमिएकी सुजले कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली‘’को भिडियोमा पहिलो पल्ट आफ्नो अभिनय कला पस्किएकीनु भएको थियो र यही गीतको भिडियोबाट उहाँले विश्व कीर्तिमान राख्नुभएको थियो ।

टेलिचलचित्र ‘कलेज लभ’मा पनि उहाँ नायिकाको भूमिकामा देखिदै हुनुहुन्छ जुन पर्दशनको तयारीमा रहेको छ । अन्तर्राष्ट्रिय ‘मिस डेफ ला ग्राफिटा’मा पनि सुजलले फष्ट रनरअपको उपाधि चुम्न सफल हुनुभएको थियो । यस्तै गत महिना उहाँको अभिनय रहेको ‘प्रेमको माला…’ र केही समयअघि ‘लुकि लुकि के सिठ्ठी बजाउछौ’ गीतको भिडियो सार्वजनिक भएको थियो ।

‘म कला क्षेत्रमा नै आफ्नो पहिचान बनाउन लागि परेकी छु यसैमा म अभिनित पछिल्लो म्युजिक भिडियो ‘बहिनी’ सार्वजनिक भएको छ सबैले मन पराइदिनुहुन्छ भन्ने आशा लिएका छौ’, सुजलले भन्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार