भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको स्कारपिओ उदयपुरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु

उदयपुर,
कार्तिक २ ।

उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा गएराती स्कारपिओ दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० प ७१७१ नम्बरको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा दुर्घटना भएको हो ।

स्कारपिओ सकडबाट १ किलोमिटर तल खसेको छ । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको पहिचान खुलेपनि अन्यको पहिचान खुलेको छैन । घाइते हुनेमा ओखलढुंगाको मानेभञ्याङकै कुमारी सार्की, कल्पना सार्की र चालक पनव खड्का छन् । मृतक र घाइते आफन्त भएको खुलेको छ ।

यसमा तपाइको मत

अन्य समाचार