काठमाडौं,
कार्तिक १ ।
सामाजिक विषयमा केन्द्रित रहेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ पोष्ट प्रोडक्सनको काम सम्पन्न भएको छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम सकिएको निर्माता सुनिल राजभण्डारीले बताउनुभयो ।
पुस्कर घिमिरको निर्देशन रहेको चलचित्रमा कविता रोय, बिमला गिरी, सरिता राजोपाध्याय, जयन घिमिरे, पुस्कर राउत, प्रनिमा दाहाल, विमल पासवान, प्रदीप गिरी, भूपेन्द्रकुमार खडका, सुस्मिता मुढभरी, अशोक भुजेललगायतका कलाकारको अभिनय रहको छ ।
सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेको ‘लक्ष्य जिन्दगीको’ मा मानिसले सफल जीवन व्यतित गर्नका गर्ने संघर्षलाई उधिनिएको निर्माता राजभण्डारीले बताउनुभयो ।
चलचित्र संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको हो । ‘चलचित्र प्रदर्शनका लागि तयारी भएर बसेका छौ, परिस्थिति सहज भए पछि दर्शकमाझ आउने छौ’, सुनिलले भन्नुभयो ।






