✍️ पेशल आचार्य
रामेछाप/मन्थली,
कार्तिक १ ।
जीवनमा
धन
मान
सान
सौकत
भौतिकी
सबै कमाएँ,
केहीले पनि चित्त बुझाएनन्
केहीमा पनि मन थामिएन
आखिर यो मन
केमा रमाउँछ होला ?
यो मन आखिरमा
के पाउँदा मात्रै उत्फुल्ल हुन्छ होला ?
जीवनको विद्यालयमा
गुरुहरु हो
मौलवीहरु हो
भान्तेहरु हो
पाष्टरहरु हो
विजुवाहरु हो
अब त स्पष्ट भनिदेऊ न
लामो प्रतीक्षा पछि पनि
म निरन्तर निरुत्तर छु
म निरन्तर नाजवाफ छु ।






