दीप घतानिको स्वरमा ‘परदेशीको दशैँ तिहार…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन ३० ।

दीप घतानिको स्वरमा रहेको गीत ‘परदेशीको दशैँ तिहार…’ सार्वजनिक भएको छ । घतानीकै सङ्गीत र गीतकार एसपी कोइरालाको शब्द रचनामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाले निर्देशन गरेको गीतको भिडियोमा दीपको अभिनय रहेको छ । गीतलाई सञ्जीव बाराईलीले एरेञ्ज गरेका हुन भने मिक्सिङ मास्टरिङ चन्द्र चौधरिले गरेका छन् ।

परदेशमा रहेर दुःख गरेको एक युवाले दशैँ तिहार जस्तो चाडमा आफ्नो देशमा आएर चाडपर्व मनाउन नसकेको र आफ्नो परिवारलाई सम्झेको पिडालाई भिडियोको कथावस्तुमा समेटिएको छ ।

भिडियोमा दीपलाई समरा जोशीलगायतले अभिनयमा साथ दिएका छन् भने सम्पादन बिकास धमलाको रहेको छ । भिडियो दीपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार