राज्य सञ्चालकहरू नैतिकवान र संवेदनशील नहुँदा आम मानिसको जीवन कष्टकर

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
आश्विन ३० ।

गत आम निर्वाचनमा वाम गठबन्धनलाई जनताले करिब दुईतिहाइको बहुमत दिए । यस अवधिमा विगतमा भएका गल्तीको समिक्षा गरेर सतारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) अघि बढनु पर्ने जरुरी देखिएको छ । सैद्धान्तिक बाटोमा नेकपा कता कता अलमलिएको जस्तो देखिएको छ । प्रष्ट सैद्धान्तिक बाटो छोपेर नेकपा अघि बढनुपर्छ । अब देशलाई नेतृत्व दिनसक्ने युवा नेतृत्वको खाँचो छ ।

नेपालमा सच्चा कम्युनिस्टको खडेरी लागेको आम जनताको गुनासो छ । यो देशको व्यवस्थासँगै जनताको अवस्था फेरिएको छैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिका नाममा ब्यापार भएको छ । राजनीतिले जनतालाई के दियो भन्ने महत्वपूर्ण कुरा हो । तर, नेपालमा त्यो देखिएन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको यात्रामा छ ।

नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धि नै आजको आबश्यकता हो । तर, नेपाल यतिबेला सङ्कटको अवस्थामा गुज्रिएको छ । वर्तमान राजनीतिक नेतृत्वले गति दिन सकेको छैन । जनता अन्योलमा परेका छन् । राजनीति दल र तिनका नेताहरू प्रस्ट हुन जरुरी छ । त्यसो भयो भने मात्र मुलुक अघि बढछ । जनताले गाँस कटाएर सरकार र राज्यका विभिन्न निकायलाई सेवा, सुविधा दिएका छन् ।

सुविधा लिनेहरूले यो नागरिकले तिरेको कर हो भनेर बुझनुपर्छ । राजनीतिकर्मी र कर्मचारीले पाउने सेवा, सुविधामा जनताको पसिना छ । जनताको श्रममा पग्लिएको पसिनाको हिस्सा हो । यो कुरालाई आत्मसात गर्न जरुरी छ । राज्य सञ्चालकहरू नैतिक र संवेदनशील हुनुपर्छ । जनताबाट सेवा, सुविधा ग्रहण गर्ने अनि जनताको समस्या नबुझने ? यसरी हुदैन ।

राजनीतिक दलहरुले आफूले बोलेका कुरा व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । जनताको मतबाट शक्ति आर्जन गर्नेहरूले अब बुझन जरुरी छ । सरकारी बेथितिले समाजका सबै अङ्ग बिथोलिएका छन् । डरलाग्दो कुसंस्कार प्रवाहित हुँदैछ । सामाजिक विकृति बढ्दो छ । देशमा प्रतिदिन हत्या, हिंसा, बलात्कारका घटनाहरू घटिरहेका छन । यस्ता विकृति निरुत्साहित हुनुपर्छ ।

यति बेला देशको आर्थिक उपार्जन क्षतविक्षत छ । राजस्व घट्दो छ । ऋण बढ्दो छ । सरकारी निकायको स्रोतले पुष्टि गरेको कुरा हो यो । खर्च धान्न पनि सरकारलाई ऋणको जोहो गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तैपनि आर्थिक दोहन रोकीएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार