पनौती नगरपालिकाको परिचयात्मक गीत सार्वजनिक (भिडियोसहित)

काभ्रे,
आश्विन २६ ।

पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ-आफ्नो गाउँ-ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि आदि विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ । यसै सिलसिलामा राजधानी नजिकैको अति रमणीय ‘पनौती’ नगरपालिकाले पनि त्यस्तै विविधतागत विषयवस्तु बोकेको गीति भिडियो नगरपालिकाकै यु्ट्यूव च्यानल मार्फत सार्वजनिक गरेको छ ।

बरिष्ठ कलाकार हरिबंश आचार्य, अभिनेत्रीद्वय श्वेता खड्का र नम्रता सापकोटाका साथमा कलाकारहरु रविन्द्र खड्का, सङ्गम भण्डारी, नारायण प्रधान, मुकुन्द थापा, रामेश्वर जङ्ग केसी, लक्ष्मण माटन्छीलगायतका कलाकारको अभिनय रहेको भिडियोमा रमेश बाबा नेपालले निर्देशन, छायाँकार अजय रेग्मीले छायाँकन र निशान घिमिरेले सम्पादन तथा महेन्द्र सुवेदीले भाषानुवादको भूमिका निर्वाह गर्नुभएको छ भने प्रस्तुति व्यवस्थापन सभ्य सिर्जना प्रा.लि. को रहेको छ ।

गीतकार प्रकाश सुवेदीको परिकल्पनामा नगरपालिकाभित्रका १२ वटै वडामा रहेका विविधतालाई आठ मिनेट भित्र समेटेर लेखिएको गीतमा बरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र सिडी विजय अधिकारी तथा मिलन नेवारको स्वर रहेको छ ।

नगरप्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बञ्जरा र प्रमुख प्रसाशकीय अधिकृत हरिप्रसाद चापागाईँसमेत संलग्न रहेको गीतिको भिडियोमा अधिकांश जनप्रतिनीधि, कर्मचारी, स्थानीय सामाजिक अभियन्ता, संस्कृतिविद्, साहित्यकार, स्थानीय वाद्यवादक र सांस्कृतिक टोलीलाई समेत समेटिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार