काठमाडौं,
आश्विन २४ ।
रवी ओड र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘टालाटुली बटुली कतिराम्री पुतली…’ सार्वजनिक भएको छ । दुर्गा खनाल घिमिरेको शब्द, डीबी लामाको सङ्गीत र पुस्कर सुनुवारको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा मोडल तथा भिजे रन्जित पौडेल, प्रियाना आचार्य उर्फ ‘मुन्नी’ र रवी फिचरिङ हुनुहुन्छ । शुभम भुजेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।






