ओएसआरको दामी म्युजिक एपमा ‘कोपिला’

काठमाडौं,
आश्विन २३ ।

केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको चलचित्र कोपिला ओएसआर डिजिटलको दामी म्युजिकएपमा सार्वजनिक भएको छ । केही समयअघि डिस होममा सार्वजनिक भएको यो चलचित्र शुक्रवारबाट मोबाईल थिएटरमा सार्वजनक भएको हो ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याभएको घटनामा आधारित भएर बनेको चलचित्र ‘कोपिला’को शुक्रवार दामी म्युजिक एपको मोबाईल थिएटरमा दैनिक चार शो रिलिज भइरहेको छ । प्रति टिकट ७५ रुपैया कायम गरिएकोे छ ।

ओ.एस.आर डिजिटल सँगको सहकार्यमा सञ्चालीत दामी म्युजिक एपको मोबाईल थिएटरमा चार वटा पर्दा रहेको छ । हरेक शुक्रवार नयाँ चलचित्रयसमा निरन्तर सार्वजनिक हुनेछ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथा अर्को टिकट काट्नुपर्ने दामी म्युजिक एपको नियम छ । यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमा शो अनुसार फिल्म चल्ने गर्छ । दामी म्युजिक एप डाउन लोडगरी आफूलाई मन परेको फिल्म विभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथा नमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रलाई सबैले राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रमा गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतका कलकारको अभिनय छ ।

चलचित्रमा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गर्नुभएको छ । यो उहाँको डेब्यू चलचित्र भए पनि दर्शकले उहाँको अभिनय रुचाइएको छ । त्यस्तै, आमाको भूमिकामा रहनुभएकी सरिता गिरीको अभिनयको पनि प्रशंसा भएको छ ।

‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, दीपक शर्माको सङ्गीत र समिर मियाँको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार