काठमाडौं,
आश्विन २० ।
मंगलबार थप एक हजार ५ सय ५१ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा योसँगै कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या ९० हजार ८ सय १४ पुगेको जानकारी दिनुभयो । मंगलबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ७ सय ९ रहेको छ ।
यस्तै थप दुई हजार ३ सय ४० जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १० लाख ९९ हजार २ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै देशभरका संस्थागत आइसोलेसन नौ हजार १ सय १८ जना, होम आइसोलेसनमा १३ हजार ५ सय ९१ जना र चार हजार २ सय २१ जना क्वारेन्टिनमा छन् । मंगलबारसम्म देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहको भने २ सय ४३ जना आईसीयूमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा मंगलबार थप एकहजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ८३ जना, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६५ पुगेको छ ।
यस्तै मंगलबार इलाममा दुई, उदयपुरमा तीन, खोटाङमा एक, झापामा चार, ताप्लेजुङमा एक, धनकुटामा दुई, मोरङमा २७, सुनसरीमा १९, धुनषामा १२, पर्सामा दुई, बारामा दुई, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा दुई, सर्लाहीमा सात, सिरहामा १०, काभ्रेमा २४, चितवनमा ८१, दोलखामा एक, धादिङमा पाँच, नुवाकोटमा पाँच, मकवानपुरमा ६, चितवनमा १०३, दोलखामा एक, धादिङमा १२, नुवाकोटमा १०, मकवानपुरमा १५, रामेछापमा दुई, सिन्धुलीमा दुई, कास्कीमा दुई, गोरखामा २०, तनहुँमा दुई, नवलपरासी पूर्वमा १३, म्याग्दीमा एक, लमजुङमा एक, बाग्लुङमा एक, स्याङजामा पाँच, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा दुई, गुल्मीमा दुई, दाङमा ३४, नलवपरासीमा नौ, पाल्पामा चार, प्युठानमा ६, बर्दियामा एक, बाँकेमा ३४, रुपन्देहीमा ९६, रोल्पामा एक, कालिकोटमा १०, दैलेखमा सात, रुकुम पश्चिममा चार, सुर्खेतमा एक, कञ्चनपुरमा चार, कैलालीमा २०, डडेल्धुरामा एक, बझाङमा एक र बैतडीमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट थप नौजनाको मृत्यु भएको छ । देशभर चार महिला र पाँच पुरुष गरी नौ जना सङ्क्रमितको मृत्यु भएको हो । तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४ वर्षिय, ललितपुरका ६१, ७७ वर्षिय, नवलपरासी पूर्वका ७७ वर्षिय पुरुष, काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ ।






