काठमाडौं,
आश्विन १९ ।
सञ्चारकर्मी रघुनाथ सापकोटाले चलचित्र निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक चलचित्र निर्माण गरिसक्नु भएका उहाँले नयाँ फिल्ममा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गर्नुभएको छ । सोमवार अभिनेता हुसेनसँग चलचित्रका लागि सम्झौता भएको हो । चलचित्रको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले जानकारी दिनुभयो ।
चलचित्र सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने उहाँले बताउनुभयो । केही दिनमा चलचित्रका लागि नाजिरको अपोजिटमा अभिनेत्रीको टुङ्गो लाग्ने कोरोना कहरको स्थिति सामान्य भएपछि एक कार्यक्रमको आयोजना गरेर चलचित्रको नामका साथै निर्देशक सार्वजनिक गर्ने सापकोटा भन्नुहुन्छ । आउँदो फागुनबाट छायांकन सुरू हुने चलचित्रको पटकथा तथा संवाद यम थापाले लेख्नुभएको छ ।
‘अहिले हामी प्रि–प्रोडक्सनमा व्यस्त छौं । स्क्रिप्टलाई थप बलियो बनाउन मिहेनत गरिरहेका छौं । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न कुनै कसर बाँकी राख्ने छैनौं’,निर्माता सापकोटाले भन्नुभयो । चलचित्र सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने हुनेछ ।






