हामीलाई जोगाउन आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिनुभएकालाई सम्मान गरौ

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
आश्विन १९ ।

काठमाडौं उपत्यकामा कोभिड-१९ को सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको छ । अव उच्च सर्तकता नअपनाउने हो भने ज्यानसमेत जन सक्ने खतरा छ । कोरोना भाईरसलाई हेलचेक्याइ गर्नाले यो अवस्था आएको हो । अव यो भाईरससँग जुदन सक्ने सामथ्र्य हामीसंग छैन । भाईरस नियन्त्रण र रोकमाथका लागि गरिएका उपयाहरू असफल भएका छन् ।

महामारी नियन्त्रणका काममा आफनो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएका छन् । यतिबेला उनीहरू धन्यवादका पात्र बनेका छन् । सङ्क्रमण नियन्त्रणको अग्रपंक्तिमा खटिएका मूलतः स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै हुन । यसमा दुईमत छैन । उनीहरूलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने भनेता पनि अहिलेसम्म उनीहरूले जोखिम भत्ता नपाएको कुरा बाहिर आएको छ । यदि सरकारले अहिलेसम्म जोखिम भत्ता उनीहरूलाई उपलव्ध गराई सकेको छैन भने यथासिघ्र उपलव्ध गराउनुपर्छ ।

यो हामी सवै नेपालीको माग हो । सरकारले गत चैत ११ गतेबाट देशभर बन्दाबन्दी लागू गरेको थियो । सोही मितिदेखि कोभिड-१९ सङ्क्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापनलगायतका काममा खटेका सरकारी कर्मचारीलाई विशेष भत्ता दिने निर्णय गरिएको थियो । तर, दिन रात सङ्क्रमण नियन्त्रण र व्यवस्थापन तथा सङ्क्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले जोखिम भत्ता नपाएको समाचार आएको छ ।

सङ्क्रमण नियन्त्रण र व्यवस्थापन तथा सङ्क्रमितको उपचारमा संलग्न हुनेहरू उच्च जोखिममा छन् । नेपालमा सात हजारभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित भइसकेको तथ्याङ्क छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि बढदै छ । सरकारले दैनिक तीनसय रुपियाँ बराबरको जोखिम भत्ता दिने कुरा गरेको थियो । सात महिनासम्म पुग्दा पनि उनीहरूले भत्ता नपाउनु भनेको दुखद कुरा हो । आवश्यक सबै कागजपत्र बुझाए पनि कोभिड—१९ जोखिम भत्ता निकासा नहुँदा उनीहरू निराश छन् । स्वास्थ्यकर्मीहरूका साथै कोभिड-१९ को सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् ।

सङ्क्रमणको जोखिम भएका ठाउँमा अग्रपंक्तिमा खटिनेमा प्रायः तल्लो दर्जाका सुरक्षाकर्मी छन् । अग्रपंक्तिमा खटिएकाको प्रश्न छ जोखिम भत्ता खै ? उनीहरूको मर्का सरकारका उच्च अधिकारीले बुझनुपर्छ । कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामाका साथै उपचारमा खटिएकाको मनोबल उच्च पार्न जरूरी छ । उनीहरूको मनोबल घट्दै जाने परिस्थिति सिर्जना हुनुलाई राम्रो सङ्केत मान्न सकिन्न । तपाईं हामीलाई जोगाउन आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिनुभएकालाई सम्मान गरौ ।

यसमा तपाइको मत

अन्य समाचार