रानी र प्रतापको स्वरमा ‘ढलक ढलक…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन १८ ।

रानी शाक्य र प्रताप दासको स्वरमा रहेको गीत ‘ढलक ढलक…’ सार्वजनिक भएको छ । हरि उप्रेतीको शब्दरचना र चन्द्र सिंह घलेको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा प्रहिल र रितु पौडेल फिचर्ड हुनुहुन्छ । प्रेम र रोमान्सलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

अमेरिका बसेर लामो समयदेखि नेपाली साङ्गीतिक छेत्रमा सक्रिय हुनुहुन्छ गायिका डा. रानी शाक्य । गीतको भिडियो गायिका शाक्यको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतलाई यस अघिका गीतलाई जस्तै माया गरिदिन सम्पूर्ण दर्शक, स्रोतालाई गायिका शाक्यले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार