कोरोनाबाट जोगिदै अर्थतन्त्र चलायमान बनाउन जरुरी

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
आश्विन १८ ।

यतिबेला हाम्रो सामु कोरोना भाइरस (कोभिड–१९) को चुनौतीले घेरेको छ । यो चुनौतीले अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । यसको असरले नेपालको अर्थतन्त्र चलायमान हुन सकेको छैन । धेरैले रोजगारी गुमाएका छन् । लगानी घटेको छ । उद्योगधन्दा, कलकारखानामा सवै ठप्प छन् । कामगर्न असहज बातावरण सिर्जना भएको छ । कृषि, उद्योग र सेवाको आय घट्दै गएको छ ।

गत डिसेम्बरके अन्तिममा चीनको वुहान प्रान्तबाट देखिएको यो कोभिड भाइरसले विश्वभर सङ्क्रमण र मृत्युको सङ्ख्या दिनहुँ बढ्दो छ । यो भाइरसले गर्दा नेपालीको जनजीविका गम्भीर रूपमा थला परेको छ । सरकारले क्रमिक रूपमा अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजाने कार्यनीति लिनुपर्छ । कोरोनाबाट छलिँदै अव अर्थतन्त्र चलायमान बनाउनु पर्ने जरुरी देखिएको छ । सधैभरी यसै गरेर जनताको जनजीवन चल्दैन ।

के कोरोना जोखिम कम भएर अर्थतन्त्रका आयामहरू खुला गरिएको हो ? त्यसो पक्कै होइन । अहिलेको परिस्थितिमा रहरले लकडाउन खुकुलो पारिएको होईन, यो सरकारको बाध्यता हो । उद्यमी व्यवसायीले पनि बारम्बार सरकारलाई अर्थतन्त्र खुला गर्न दबाब र सुझाव दिइरहेका छन् । कोरोना भाईरससँग जोगिदै आफना ब्यापार ब्यवसायहरु सञ्चालन गर्नु पर्ने बाध्यता आएको छ ।

अहिलेको कोरोनाको प्रभावले सवै क्षेत्रलाई तहस नहस बनाएको छ । सरकारले लागू गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रूपमा लागू गर्दै अर्थतन्त्र चलायमान बनाउनुको अब कुनै विकल्प छैन । यति बेला हाम्रो सामु गर वा मरको अवस्था सिर्जना भएको छ । हामी सवैले स्वास्थ्य सुरक्षाका उपाय अपनाउने कुरामा बिशेष ध्यान दिने गरौं । राजधानी उपत्यका र त्यसमा पनि काठमाडौँमा कोरोना सङ्क्रमण उत्कर्षमा छ । त्यसका लागि को–को जिम्मेवार छन् ? काठमाडौँ महानगरपालिकाको केही वडा कार्यालयलगायतका कार्यालयहरुमा असाध्य भीड हुने गर्छ । स्वास्थ्य मापदण्डको कुुनै परिपालना गरिएको छैन । यो बिषयमा अलि सचेत बन्र्ने गरौं ।

सरकार अब बन्दाबन्दी गर्ने अवस्थातिर जानु हुँदैन । राज्यसँग नागरिकलाई सुविधा दिन सक्ने क्षमता छैन । भए पनि वितरण प्रणाली न्यायोचित र प्रभावकारी छैन । विकास निर्माणका कामहरूलाई तीव्रता दिने बाटोमा अघि बढौं । उड्डयन क्षेत्र खुलेसँगै बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउने कुरामा ध्यान दिएर अघि बढौं ।

यसमा तपाइको मत

अन्य समाचार