काठमाडौं,
आश्विन १७ ।
लोपोन्मुख राउटे समुदायकी मोडल देविका राउटे अभिनित गीतको भिडियो ‘मदानी’ सार्वजनिक भएको छ । देविकाको अभिनय रहेको यो पहिलो म्युजिक भिडियो हो । गायिका टिका पुन र गायक नवीन पौडेलको स्वरमा रहेको लोकदोहोरी गीत डीबी क्रियसनमार्फत सार्वजनिक भएको छ ।
गीतमा युवायुवती बीचको त्रिकोणात्मक प्रेमका भावलाई समेटिएको छ । देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना रहेको भिडियोमा देविका राउटे र लोकेश कुँवरको अभिनय छ । भिडियोमा अमित विश्वकर्माको छायाँकन, अनुप विश्वकर्माको सम्पादन तथा दीपक साउदको निर्देशन छ ।






