‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने

काठमाडौं,
आश्विन १४ ।

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (आख्यान) विभागबाट उक्त कृति प्रकाशन हुन लागेको हो ।

डा. विष्णु न्यौपानेद्वारा लिखित उक्त अनुसन्धानमूलक कृतिमा ऐतिहासिक पात्रहरूको व्यवस्थापन, चरित्रचित्रण, तिनले बहन गरेको ऐतिहासिक घटना र कार्यलाई व्यवस्थित रूपमा विश्लेषण गरिएको विभागीय प्रमुख प्राज्ञ माया ठकुरीले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार