निर्माणमा ‘तलाश’

काठमाडौं,
आश्विन १४ ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा चलचित्र ‘तलाश’ निर्माण भइरहेको छ । चलचित्र हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकनरत निर्माणपक्षले जनाएको छ । चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रले समसामयिक विषयमा आवाज उठाउनेछ । उहाँले पछिल्लो समयमा नेपालमा महिला हिंसा बढ्दो रहेकाले त्यसका विरुद्धको कथा चलचित्रमा देखाइने बताउनुभयो । उहाँका अनुसार चलचित्रको रिलिज मिति केही समय पछि सार्वजनिक गरिनेछ ।

चलचित्रमा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पालगायतको अभिनय रहनेछ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने चलचित्रमा रोशन बान्तवाको सङ्गीत, विक्रम डिसीको छायाँकन, पुण्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।

यसमा तपाइको मत

अन्य समाचार