‘स्टोरी बैङ्क कार्यविधि-२०७७’ को मस्यौदालाई पूर्णता

काठमाडौं
आश्विन १० ।

चलचित्र विकास बोर्ड नेपालले स्टोरी बैङ्क स्थापनागरी यसको सञ्चालन तथा व्यावस्थापन गर्नका लागि ‘स्टोरी बङ्क कार्यविधि–२०७७’ को मस्यौदालाई पूर्णता दिएको छ । कार्यविधिलाई बोर्डका सदस्य–सचिव महेन्द्रबहादुर साँखिज्युको संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय समितिले मस्यौदा तयार गरेको हो ।

उक्त समितिमा सह-संयोजक नवल खड्का, सदस्यहरूमा बिकास आचार्य, रवीन्द्र रञ्जन झा, फूलमान वल, दिपेन्द्र के. खनाल, छिरिङ रितार शेर्पा, मीन बहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ (कानुनी सल्लाहकार) र गिरिश शर्मा (चलचित्र बिकास बोर्ड) रहनुभएको थियो ।

यो मस्यौदा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको सोच र सक्रिय निर्देशन तयार भएको हो । यस कार्यविधिमार्फत् स्टोरी बैङ्कको सञ्चालन र व्यवस्थापनको शुरुवातसँगै नेपाली चलचित्र निर्माण कार्यमा नेपाल सरकारको उत्साहजनक सहयोग र समर्थन हुने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार