✍️ किशोर पोख्रेल, अमेरिका
आश्विन १० ।
युद्ध हारेको सिपाही भएको छु
तिम्रो अनुपस्थितिमा
फेरि आयौ सम्झनामा
बल्झाई दियौ स्मृतिमा गुप्त रहेका
अनगिन्ती यादहरू ।
बिस्वास नगरौ कसरी ?
आफैँलाई ढाटेर सान्तवना दिन पनि सक्दिन
न त सक्छु तिमीलाई म चिन्दिन भन्न
न दोष तिम्रो न दोष मेरो
के भनौ म ?
दोषीको श्रेय समयलाई दिन तिमी सक्छौ भने
म पनि समय दोषी हो भन्न सक्छु
तिमीलाई भन्न नसकेका बातहरू
चाहेर पनि छुन नसकेका तिम्रा हातहरू
प्रिया लाग्छ, चिज लाग्छ, बिज लाग्छ
कास !
सुन्यतामा कोलाहल छ मन
अनि पग्लिएर बगिदिन्छ तिमी तिरै
मेरो हरेक तन्तुलाई स्पर्श गर्दै
मलाई परास्त गर्दै
तिमीलाई भेट्ने अभिलाषा बोकेर ।
तिमी पनि अनुभुति गरेर हेर न एकपटक
मभित्रको सुनामिलाई
मेरो मौनतामा सल्बलाएका अपराजित
रहरहरूलाई !






