काठमाडौं,
आश्विन ७ ।
सामाजिक विषयमा केन्द्रित रहेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ छायांकन सम्पन्न भएको छ । केही दिन अघि गोंगबुस्थित एक घरबाट चलचित्रको छायाँकन थालिएको थियो भने मंगलबार छायाँकन सम्पन्न भएको हो ।
स्वस्थ्य सुरक्षासम्बन्धी निर्देशिका पालना गरी छायाँकन गरिएको निर्माता सुनिल राजभण्डारीले बताउनुभयो । पुस्कर घिमिरको निर्देशन रहेको चलचित्रमा कविता रोय, बिमला गिरी, सरिता राजोपाध्याय, जयन घिमिरे, पुस्कर राउत, प्रनिमा दाहाल, विमल पासवान, प्रदीप गिरी, दीपिका थापा, भूपेन्द्रकुमार खडका, सुस्मिता मुढभरी, अशोक भुजेललगायतका कलाकारको अभिनय रहको छ ।
सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेको ‘लक्ष्य जिन्दगीको’ मा मानिसले सफल जीवन व्यतित गर्नका गर्ने संघर्षलाई उधिनिएको निर्माता राजभण्डारीले बताउनुभयो । चलचित्र संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको हो ।






