‘एन्टिना’लाई भिडियोको ओईरो

काठमाडौं
आश्विन ४ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले ६ महिना बढी समय बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी काम बेगर हुन पुगेका थिए ।
अझै पनि चलचित्र निर्माणको काम कहिलेबाट सुरु हुने भन्ने कुराको कुनै एकिन छैन । ठुलो पर्दाको चलचित्र नबनेको भएपनि म्युजिक भिडियोको काम भने फाट्ट फुट्ट भइरहेको छ ।

यही बन्दाबन्दीको मौकामा घनश्याम सिमल्सिना ‘एन्टिना’ले तीन दर्जन बढी म्युजिक भिडियो निर्माण, निर्देशन गरेर सार्वजनिक गरेका छन् । बिगत १८ वर्षदेखि टुपी पालिरहेको कारण उनलाई नजिकबाट चिन्नेहरुले टुप्पी भनेर पनि संबोधन गर्छन् ।

निर्देशक तिमल्सिनाले यो लकडाउन समयमा राजेश पायल राई, टङ्क बुढाथोकी, प्रमोद खरेल जस्ता चर्चित गायक लगायत दर्जनौं नयाँ पुस्ताका गायक, गायिकाका गीतहरुको भिडियो निर्माण, निर्देशन गर्न भ्याए ।

दुई दशक अगि फिल्म क्षेत्रमा प्रवेश गरेका तिमल्सिना कुनै समय टेलिभिजन च्यानलको विभिन्न हाँस्य टेलिफिल्मका चल्तिका निर्देशकमा गनिन्थ्ये । उनले २०६३ सालमा जनयुद्ध सम्बन्धि चलचित्र ‘छापामार’ बाट निर्देशनको क्षेत्रमा प्रवेश गरेका हुन् भने उक्त चलचित्रले त्यतिबेला राम्रै चर्चा बटुलेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार