चलचित्र ‘दानराज’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन १ ।

चलचित्र ‘दानराज’को शिर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको ‘कस्तो होला म मर्ने दिन…’ सार्वजनिक भएको हो । गीतलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

डी. एस. डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी ‘घायल’को प्रस्तुति अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको चलचित्र दानराजको सार्वजनिक गीतमा सुभाष गौतमको शब्द, सुरेश अधिकारीको स्वर तथा सङ्गीत रहेको छ ।

चलचित्रमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङा कुवर, रबिन श्रीसागर गुरु चौलागाईं, रवी खडका, करुणा श्रेष्ठ, तृष्णा खड्का, बालकलाकार हृदय कार्की, स्वस्तिक चौलागाईंको अभिनय छ ।

चलचित्रमा कृष्ण पाण्डेको छायांकन, देव महर्जन को द्वन्द्व, सन्दिप भुजेल र राम केसी को नृत्य, रवी केसि को शृङ्गार र बिश्वास भण्डारी को सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार