व्यवसाय, सामाजिककार्य सँगसँगै अभिनयमा रेखा घिमिरे

काठमाडौं
भाद्र २५ ।

कलिलै उमेरदेखि जीवनमा केही न केही राम्रो काम गरेर समाजमा पृथक पहिचान बनाउँने चाहना थियो अभिनेत्री रेखा घिमिरेको । सामान्य परिवारमा जन्मिएकी रेखा सानैदेखि नृत्य र अभिनय गर्नमा औधी रूचि राख्थिन् । आज उनले तिनै बाल्यकालीन अभिरुचिलाई वास्तविक जीवनमै साकार पार्न सफल भएकी छन् । कलाकारितामा प्रवेश गर्न, स्थापित हुन र टिकिरहन निकै कठिन हुने बुझेकी उनी कुनै पनि आश्वासन, प्रलोभनमा र सम्झौतामा नफसिकन यो क्षेत्रमा परिहचान बनाउँन सक्षम छिन् । कलाक्षेत्रमा स्थापित रेखा सफल सौन्दर्य ब्यवसायि पनि हुन् । उनी बिगत सम्झदै भन्छिन्- ‘कलाकारिता क्षेत्रमा प्रवेश पाउँनै गाह्रो रहेछ । प्रवेश पाएपछि पनि स्थापित हुन र यसै क्षेत्रमा टिकिरहन अझै कठिन हुने मैले देखेकी छु । तर, म सानैदेखि दुःख-सुखहरूसँग जुध्दै आएकी मान्छे भएर होला कुनै पनि कुराको पर्वाह नगरी आफ्नै काममा मात्र लागि रहे र आज केही हदसम्म सफल पनि भएको ठान्दछु ।’

ज्ञानेश्वर ओरालोमा रोश ब्युटीपार्लर एण्ड स्पा सेन्टर सञ्चालन गर्दै आईरहेकी रेखा सौन्दर्यविद हुन् भने उनी आई पोडक्शन हाउसकी प्रोपाईटर पनि । उनको आई पोडक्शन हाउसले बिभिन्न ब्याण्डका क्यामरालगायत चलचित्र छायाँकनको लागि आवश्यक सम्पुर्ण इकुमेन्ट उपलब्ध गराउदै आईरहेको छ । कोरोना भाइरस कोभिड-१९का कारण लामो समय लकडाउन हुँदा उनका थुप्रै काम रोकिएका छन् । उनी कहिले वातावरण सहज होला र आफ्नो पुरानै अवस्थामा फर्किउँला भनेर पर्खिरहेको समयमा यतिबेला एकाएक चर्चामा रहेकी छन् । बैतडिका महेश अवस्थीका छोरा सिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेको र तिनै महान बुवाको वास्तविक घट्नामा आधारित गीत ‘मेरो जिन्दगी…’ बोलको गीत सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको हो । कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको सङ्गीत संयोजन, निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा रेखा घिमिरेलाई निर्मल न्यौपानेले अभिनयमा साथ दिएका छन् । भिडियो यसै साता सार्वजनिक भएको हो ।

दुई दर्जन बढी भिडियोमा मोडलिङ गरिसकेकी रेखाले विन्दास, ब्याड ब्वाई, चन्द्रावतीलगायताका चलचित्रमा अभिनय गरेकी छन् । आफ्नै ब्यापार, ब्यवसायमा ब्यस्तताका कारण कलाकारिताबाट टाढा रहेकी रेखा दशकपछि म्युजिक भिडियो मार्फत पुनः दर्शक माझ देखा परेकी हुन् । आफ्नै घर, ब्यवहार र कामको ब्यस्तताले कलाकारिताबाट केही ओझेल परेको जस्तो देखिएता पनि पोडक्शन हाउसका कारण चलचित्रकर्मीहरुसँग आफू सधैं नजिक नै रहेको महशुस हुने गरेको बताउँने रेखाको समय मिलेसम्म अभिनयलाई पनि सकृय रुपले अघि बढाउँने सोच रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार