कविता : अव्यक्त

  • पुष्प शर्मा, सिङताम् ।

मनभरि मायैमाया
भाका खोल भन्छन्,
कान बन्द मुख बन्द
आँखा मात्र बोल्छन्।

वेदनामा हाम्रा आँसु
सम्वेदना खोज्छन्,
पीर परे गह भिज्छन्
साथ हात माग्छन्।

पानी पर्छ घाम लाग्छ
माया तर मौन नै छन्,
माया बस्यो भन्ने मुख
भित्रभित्रै सुक्छन्।

यसमा तपाइको मत

अन्य समाचार