काठमाडौं,
साउन २९ ।
मिस नेपालसमेत रहेकी सृष्टि श्रेष्ठ र निराजन प्रधान अभिनित गीतको भिडियो ‘साँझ’ सार्वजनिक भएको छ । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, सङ्गीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।






