थप ५ सय २५ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५७ पुग्यो

काठमाडौं,
साउन २९ ।

विहीबार थप ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५ सय २५ जनामा कोरोना सङ्क्रमण देखिएको विहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । नेपालमा आइतबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

गत २४ घन्टामा १ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १६ हजार ८ सय ३७ निको भएको छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २५ जना रहेका छन् । क्‍वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् ।

गत २४ घन्टामा ९ हजार ८ सय ५९ पीसीआर परीक्षण भएका छन् । हालसम्म ४ लाख ८३ हजार २८ परीक्षण भएको प्रवक्ता गौतमले जनाकारी दिनुभयो । यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लामा थपिए १ सय २७ जना सङ्क्रमित थपिएका छन् । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना सङक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ । २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १–१ जना गरी ४ जनाको मृत्यु भएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै अछामको रामारोशन गाउँपालिका-५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँ मुटुरोगबाट ग्रसित हुनुहुन्थ्यो । मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँ मधुमेह र उच्च रक्तचापबाट ग्रसित हुनुहुन्थ्यो ।

यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको गौतमले बताउनुभयो । क्षयरोग र मधुमेहका ग्रसित उहाँको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार