- डा. डीआर उपाध्याय
कोरोना भाइरस (कोभिड-१९)ले यतितवेला विश्लाई नै त्राही-त्राही बनाइरहेको छ । विश्वव्यापी फैलिएको यो भाइरसको सङ्क्रमणको दर दिनानुदिन तीव्र बनिरहेको अवस्था छ । नेपाललाई यो भाइरको सङ्क्रमले दिनप्रतिदिन गाँजदै लगेको छ । गत माघ १० गते पहिलोपटक नेपालमा देखिएको कोरोना सङ्क्रमण अहिले तिव्र गतिमा फैलिसकेको छ । यसको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले विगत चार महिना भन्दा बढी बन्दाबन्दी ‘लकडाउन’ गर्यो । तर, सङ्क्रमण नियन्त्रण हुनुको साटो झन-झन बढ्दो रुपमा फैलिदै गएको छ । सरकार विभिन्न प्रयासहरु असफल भएका छन् । यसले के देखिन्छ भने सरकारले जुन दतारुकताका साथ काम गर्नु पर्ने थियो त्यो गर्न सकेन ।
सरकार कोरोना भाइरस नियन्त्रणमा असफल देखिएको । नेपालमा व्यक्तिको मृत्युपछि हुने कोरोना भाइरसको पिसिआर परिक्षण पोजेटिभ देखिएपछि मात्रै कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको भन्ने कुरा पुष्टि हुँदै आएको छ । यस सन्दर्भमा नेपाल सरकार र सरोकारवाला निकायहरुको गम्भीर ध्यान जान सकिरहेको छैन । चिकित्सक, सञ्चारकर्मी, तल्लो दर्जाका प्रहरी कर्मचारी, ड्राईभरहरुमा अहिले कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिन थालेको छ ।
यस्तो अवस्थामा सर्वसाधारण जनताहरु भाइरस सङ्क्रमणको खतराले आतंकित बनिरहेका छन । सरकार भने मुकदर्शक बनिरहेको छ । देशको बागडोर सम्हालेर बसेको सतारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु भने अहिले सत्ताको झिना झप्टीमा लागेको देखिन्छ । उनीहरुलाई जनताका सरोकारका विषय सोच्ने फुर्सद नै छैन् । जनताले आश गरेको सरकारले यतिवेला देश र जनताको हितमा काम गर्न सकेन ।
कोरोना सङ्क्रमणको कारण अर्थतन्त्र कमजोर छ । यसलाई उकास्न सरकारले खासै ध्यान दिएको देखिदैन । बाढी, पहिरो र डुबानबाट पिडित जनताहरुको उद्धार गर्न सरकार असफल भएको छ । सत्तारुढ दल भित्र देखिएको आन्तरिकक विवादलाई ब्यवस्थापन गर्ने हो भने महामारीका कारण पिल्सिएका जनताहरुले केही राहतको महशुस गर्न सक्ने थिए । तर, सत्तासिन दल नेकपा मुलुकमा लकडाउन जारी हुनुभन्दा पहिलादेखि नै चरम विवादमा डुबिरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि कोरोना महामारी नियन्त्रणका लागि खासै प्रभावकारी भूमिका खेल्न सकेको अवस्था छैन । जनताको जीउधनको सुरक्षा गर्ने प्रमुख अभिभारा सरकारको हो । तर, सरकार किन कानमा तेल राखेर बसिरहेको छ ? बुझि सक्नु छैन । कोरोना महामारीबाट जनताहरुलाई बचाउँने उपाय सरकारले खोज्नु पर्छ । सर्वसाधारण जनताहरुको प्राण नै रहने कि नरहने भन्ने परिस्थिती निर्माण भइसकेको छ ।
अहिलेको यो बिषम परिस्थितीमा हामीसँग पर्याप्त स्वास्थ्य सामाग्री, सुविधा सम्पन्न अस्पताल र अस्पतालहरुमा सबै जनताहरुको सहज पहुँचजस्ता कुराहरुको अभाव छ । हुन त कोरोना महामारीको सङ्क्रमणले हामीलाई मात्रै आक्रमण गरेको होईन, सम्पूर्ण विश्व नै आक्रान्त र क्षतिग्रस्त बनिरहेको छ ।






