थप ४ सय ८० जनामा कोरोना सङ्क्रमण

काठमाडौं,
साउन २८ ।

बुधबार कोरोना भाइरस (कोभिड-१९)का ४ सय ८४ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा ४ सय ८४ सङ्क्रमित थपिएका जानकारी दिनुभएको हो । यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ७ सय २८ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय १४ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रदेश नं. १ मा ६ सय १४, प्रदेश २ मा तीन हजार ४ सय ५७, वागमती प्रदेशमा एक हजार ५ सय २४, गण्डकीमा प्रदेशमा २ सय ४७, प्रदेश नं. ५ मा ६ सय ५७, कर्णाली प्रदेशमा २ सय २० र सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । प्रवक्ता डा.गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुई जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या ९१ पुगेको छ ।

काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड–१९)को ‘हटस्पट’ बन्दै गएको छ । उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका छन् भने कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो क्रममा छ । आज काठमाडौं उपत्यकामा १ सय ३८ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै उपत्यकामा जम्मा सङक्रमितको सङ्ख्या १,४५२ पुगेको छ । काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना सङ्क्रमित देखिएका हुन् ।

उपत्यकामा जम्मा काठमाडौंमा १ हजार १ सय ६९, ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ५ सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीनवटै जिल्लामा सङ्क्रमितको संख्या ३ सय २८ मात्रै थियो ।

यसमा तपाइको मत

अन्य समाचार