सिक्किम,
साउन २६ ।
सिक्किमको पत्रकारिताको भिष्मपितामह मानिने वरिष्ठ पत्रकार चन्द्रदास राईको ९६ वर्षको उमेरमा गान्तोकको तादोङस्थित आफ्नो निवासस्थानमा शनिबार निधन भएको छ । उहाँको निधनसितै सिक्किमको राजनैतिक, साहित्यिक, पत्रकारिता एक जिउँदो इतिहासको अन्त भएको छ ।
सीडी राई भनेर परिचित उनको जन्म १३ अप्रेल, १९२५ मा पिता रञ्जित दास राई अनि माता काजिमाया राईको कोखमा भएको थियो । दक्षिण सिक्किम नाम्चीको मिखोलामा जन्मिएका सीडी राईले सन् १९४५ मा सन्त रोबर्ट हाई स्कूलबाट माध्यमिकतह, १९५३ मा दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक अनि १९५६ मा वनारस हिन्दु विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएको थियो ।
विद्यार्थीकालदेखि नै राजनीति र समाजसेवामा रूची राख्ने उहाँ १९६० देखि नै पत्रकारिता पेशासित संलग्न हुनुहुन्थ्यो । स्वर्गीय राई प्रेस क्लब अफ सिक्किमका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।
तस्विर: अर्जुन यावा






