रुपक डोटेलको स्वरमा ‘एक्लो जीवन’ (भिडियोसहित)

काठमाडौं,
साउन २२ ।

रुपक डोटेलको स्वरमा रहेको गीत ‘एक्लो जीवन’ सार्वजनिक भएको छ । हरि बहादुर बस्नेतको शब्द, शक्ति बल्लभको सङ्गीत र मनोहर सुनामको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रमेश कोईरालाले निर्देशन गरेको भिडियो मोडल तथा नायिका कशिस दाहाललाई फिचर्ड गरिएको छ । उनलाई भिडियोमा दिनेश केसीले साथ दिएका छन् ।

एक्लो जिन्दगीमा कसैको साथ मिलेपछि पीडा बिर्सिएर जिएको रमाईलो पललाई भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । रवी चन्द्रले खिचेको भिडियोलाई जितेन्द्र राजोपचार्यले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार