काठमाडौं,
साउन २२ ।
रामकुमार बस्नेत र टिका पुनको स्वर रहेको तीज गीत ‘चुरीया हातैमा…’ सार्वजनिक भएको छ । अनिल खनालको शब्द तथा गायक बस्नेतकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
हास्यकलाकार शेखर खनालको निर्देशनमा रहेको गीतको भिडियोमा शंकर विसीको कोरियोग्राफी रहेको छ । भिडियोमा कलाकार शेखर खनाल, शंकर विसी, करिस्मासिंह ठकुरी र रितु तामाङको अभिनय रहेको छ ।
नवीनघर्ती मगरले सम्पादन गरेको गीतको भिडियोलाई कमल सौरागले एरेञ्ज गरेका हुन । जय वंजरगबली मिडिया हाउसको प्रस्तुति रहेको भिडियोलाई शिखर नेपाल युटुब मार्फत सार्वजनिक गरिएको छ ।






