काठमाडौं,
साउन २० ।
हास्य कलाकार दमन रुपाखेतीले गाईजात्रे झटारो ‘खल्ली बल्ली…’ लिएर आएका छन् । घनश्याम खतिबडाले लेखेको झटारोमा दमन र विनिताको आवाजमा हास्य प्रस्तुत गरिएको छ । श्रीराम रायमाझीको सङ्गीत संयोजन रहेको भिडियोलाई रामकुमार कट्टेलले छायाँकन गरेका छन् भने किरणराज थापाको सम्पादन रहेको छ ।
दमनको निर्देशन रहेको सार्वजनिक गाईजात्रे झटारोमा दमनसँगै लक्ष्मण विक्रम बस्नेत, लक्ष्मीनाथ तिमिल्सिना, सुशिला निरौला, (वमली), प्रकाशविक्रम थापा, घनश्याम गौतम, शुरेस तिमिल्सिना, शोभा भण्डारी, विजय तिमिल्सिना, उत्सव केसीलगायतका कलाकारको प्रस्तुति रहेको छ ।
निर्देशक तथा अभिनेता दमन रुपाखेतीले यो वर्षको गाईजात्रा कार्यक्रम दर्शकको सहभागितामा मनाउन नपाउँदा दुःख लागेको बताए । ‘समय नै त्यस्तै पर्यो, घर बसि-बसि गाईजात्रा मनाउने अवस्था आयो, अभिनेता रुपाखेती भन्छन् – त्यही भएर मैले पनि यूट्युबमै हेर्न मिल्ने गाईजात्रे प्रस्तुति ‘खल्ली बल्ली’ तयार पारेको छु । समय मिलाएर अवश्य हेरिदिनु होला ।’






