काठमाडौं,
साउन १९ ।
थप ४ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय १८ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ५० पुगेको छ ।
नयाँ सङ्क्रमितमा सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिराहका ३, सप्तरीका ५१, महोत्तरीका ३१, धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, काठमाडौंका ४३, ललितपुरका ३, कैलालीका ६७, कञ्चनपुरका १६, रसुवाका १, बाराका १, रौटहटका २, चितवनका १, गुल्मीका १, सर्लाहीका २, दोलखाका १, कास्कीका ८, स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, बर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुम पश्चिमका २ र अछामका ४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर घर फर्किनेको सङ्ख्या ३ सय ५८ रहेको छ । हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भने १० हजार ७ सय ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ३ लाख ९८ हजार ९ सय ७ परीक्षण गरिएको छ । त्यसैगरी हालसम्म क्वारेन्टाइनमा रहनेको सङ्ख्या १० हजार ४५२ जना रहेको छ भने आइसोलेसनमा रहनेको सङ्ख्या ५ हजार ७ सय ३२ जना रहेको छ । नेपालमा हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।






