काठमाडौं,
साउन १६ ।
सञ्जु लम्सालको स्वरमा रहेको तीज गीत ‘हाम्री संगिनी…’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द, बीबी अनुरागीको सङ्गीत रहेको तीज गीत ‘हाम्री संगिनी…’को भिडियो सार्वजनिक भएको हो ।
गीत गायिका लम्साल र ककार नन्दा बस्यालले प्रस्तुत गरेका हुन् । नन्दा र लम्साल चर्चित हास्य टेलिश्रृङ्गखाला झ्याङ्कुटी झ्याइबाट संगै कामगर्दै आईरहेका छन् ।
उमेश गुरुङको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोमाम नन्दा बस्यालसँग अन्य कलाकारको नृत्य रहेको छ । मधुर बस्नेतको छायांकन रहेको गीतको भिडियोमा मेकबहादुर थापाको सम्पादन रहेको छ ।






