लिलादेवी सिटौलाले लिइन पद तथा गोपनियताको सपथ

काठमाडौं,
साउन १४ ।

जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो सङ्घीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका-१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो । त्यसपछि समाजवादी पार्टीले सिटौलाको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

उनको सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार