काठमाडौं,
साउन १४ ।
शोभा थापा र हेमन्त कान्छा रसाईलीको स्वरमा रहेको गीत ‘माईत जान मन छ…’ सार्वजनिक भएको छ । सतिष अधिकारीको शब्द, हेमन्तकै सङ्गीत र विजय थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=qay2N-SNVh0
तीजमा माईत जान मन नहुने चेली को होलान् र ! चेलीको त्यही भावनालाई गीतमा व्यक्त गरिएको छ । गीतको भिडियोमा हास्य कलाकार शिवहरी पौड्याल र निरु खड्कालाई हेर्न सकिन्छ । साथमा कलाकार मिस्री थापाको पनि अभिनय रहेको छ।
देवेन्द्र कुँवरको निर्देशन, महेन्द्र निरौलाको कोरियोग्राफी रहेको भिडियोलाई चक्रबहादुर बरालले छायाँकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका छन्।






