काठमाडौं,
साउन १३ ।
‘खामोशी वीथ लाइफ’को नारा दिदै भारतमा आयोजित अन्तर्राष्ट्रिय ‘मिस डेफ ला ग्राफिटा’मा नेपाल की एक मात्र प्रतिस्पर्धी रहेकी सुजल बमले फष्ट रनरअपको उपाधि चुमेकी छन् । प्रतियोगिता नं. ११० को रूपमा रहेकी उनले फष्ट रनरअपको उपाधि चुम्न सफल भएकी हुन् । नयाँ दिल्लीकी मुस्कान भाटिया विजेत भएको यस प्रतियोगितामा सेकेण्ड रनरअप इन्दोरकी बुलबुल पन्जेरे भएकी छन् ।
यस प्रतियोगिताको मुल्याङ्कन कर्ताको रूपमा अमेरिकाकी मोनिक मार्टिनेज रहेकी थिइन । उनले हाल मकाउमा बसेर अनलाइन मार्फत प्रतियोगिहरूको मुल्याङ्कन गरिरहेकी थिइन ।
कोभिड-१९ को महामारीले गर्दा अनलाइन मार्फत सञ्चालन भएको यस प्रतियोगितामा धेरै देशका प्रतिशप्रधिहरूको सहभागिता रहेको आयोजक संस्था ला ग्र्याभिटिका संस्थापक अभिनास दुगडले जानकारी गराए । संसारभरबाट सहभागिता जनाएका सहभागीहरू सबै बहिरा रहेका र उनिहरूमा भएको ट्यालेन्टका आधारमा मुल्याङ्कनगरी प्रतियोगितामा विजेता घोषणा गरिएको जनाइएको छ ।
विजेताले नगत पुरस्कार, प्रमाणपत्र, ताज का साथै बिभिन्न उपहारहरू प्राप्त गर्नेछन् । यस प्रतियोगिता को २०२१ मा हुने पाँचौं संस्करण कम्बोडियाको राजधानी फेनोम फेन मा हुने बताइएको छ ।
बहिरा कलाकार सुजल बमको केही समयअघि ‘बैनी झ्यालैमा’ गीतको भिडियो सार्वजनिक भएको थियो, जुन अत्यधिक रुचाइएको थियो । ‘मिस्टर एन्ड मिस एसईई’मा विभिन्न उपाधि जितेर औपचारिक रुपमा यो क्षेत्रमा होमिएकी सुजले कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’को भिडियोमा पहिलो पल्ट आफ्नो अभिनय कला पस्किएकी थिइन र यही गीतको भिडियोबाट उनले विश्व कीर्तिमान राखेकी थिइन ।
सुजल टेलिचलचित्र ‘कलेज लभ’को नायिकाको भूमिकामा पनि देखिने भएकी छन् । निर्देशक राजबहादुर सानेको लेखन तथा निर्देशनमा बन्न लागेको उक्त टेलिचलचित्रमा बहिरा कलाकार सुजल बम देखिने भएकी हुन् ।






