काठमाडौं,
साउन १२ ।
गतवर्ष जापानमा पहिलो संस्करण सम्पन्न भएको ‘ईन्करेजमेन्ट अवार्ड’को दोस्रो संस्करण जर्मनीको बर्लिन शहरमा हुने भएको छ । अवार्ड कार्यक्रमका निर्देशक तथा थ्री एस मिडिया हाउस नेपालका अध्यक्ष समीर लामाका अनुसार दोस्रो ईन्करेजमेन्ट अवार्ड २०२० मंसिर पहिलो साता जर्मनीको बर्लिन शहरमा हुने भएको हो ।
यो अवार्ड बिश्वकै पहिलो समाबेशी अवार्ड रहेको लामाको दाबी रहेको छ भने विभिन्न बिधामागरी कुल ४६ वटा बिधा रहेको र उक्त अवार्डमा सबै क्षेत्रका ब्यक्तित्वलाई प्रोत्साहन गर्ने हेतुले अवार्ड कार्यक्रमको आयोजन हुँदै आएको अध्यक्ष लामाले बताए ।
मंसीरको दोस्रो हप्ता जर्मनीको वर्लिनमा सम्पन्न हुने यो अवार्डलाई आयोजक थ्री एस मिडिया हाउस नेपालले संयोजन गर्ने छ भने उक्त कार्यक्रममा नेपालवाट ख्याति प्राप्त कलाकारहरु र प्रतिष्ठित समाजसेवीहरु सहभागी हुने वताईएको छ । कार्यक्रममा यूरोपमा वासोवास गर्ने नेपालीहरुको उल्लेखनिय रुपमा सहभागिता रहने पनि जनाईएको छ ।
यस अवार्डको नोमिनेशन कार्यक्रमलाई सामाजिकदुरी कायमगरी भाद्र अन्तिममा सम्पन्न गरिने जनाईएको छ भने नोमिनेसन फारम साउन ७ गते देखिनै खुलेको कार्यक्रमका संयोजक अमृत लामाले जानकारी गराएका छन् ।






