काठमाडौं,
साउन ९ ।
थप १ सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ३३ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ ।
नयाँ सङ्क्रमितमा काठमाडौंका १०, कास्कीका ५, लमजुङका ३, बागलुङका १, तनहुँका १, बाँकेका २, बर्दियाका २, दाङका ४, नवलपरासी पूर्वका ४, रुपन्देहीका ४, जाजरकोटका १, कालीकोटका २, दैलेखका ८, कैलालीका ८, धनकुटाका १, सुनसरीका ५, झापाका २५, मोरङका १, सप्तरीका ७, मोरङका १, बाराका १, सर्लाहीका २, पर्साका ३०, धनुषाका १, पर्साका १, चितवनका २ र उदयपुरका १ जना रहेका छन् ।
देशभर शुक्रबार ५ हजार ३ सय ८३ जना सक्रिय सङ्क्रमितको रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा जना १ सय ७ जना कोरोना निको भएर घर फर्किएका छन् भने हालसम्म कोरोना निको हुनेको सङ्ख्या १२ हजार ९ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ को नमुना परीक्षण भएको गरिएको छ ।
कोरोनबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा ११ श्रीपुर रानीघाटकी ८५ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार शुक्रबार नारायणी अस्पतालमा (आज) विहान ६ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा मुटु र निमोनियाको समस्या देखिएको उनले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।






