काठमाडौं,
साउन ९ ।
चर्चित गीत ‘फोटो फिरिममा’ प्रताप दासको स्वरमा आएको छ । यस भन्दा अगाडि फिमेल भर्सनमा नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले स्वर दिएकी थिइन् । उनको स्वरमा रहेको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका थिए । जुन गीतलाई हालसम्म युट्युबमा ४८ लाख भन्दा बढी पटक हेरिएको छ ।
गीतमा शिशिर भण्डारीको शब्द तथा सङ्गीत रहेको छ । सागर बाबू भट्टले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, निक शर्मा, श्रद्धा गौतम, नीरआयु गौतम र निर्मल न्यौपानेको अभिनय रहेको छ। भिडियोमा कथा तथा परिकल्पना शिशिर भण्डारीकै रहेको छ ।
अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् भने रङ्ग संयोजन दिन्सन शाहले गरेका छन् । गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






