‘लकडाउन फोटो प्रतियोगिता २०२०’को नतिजा सार्बजनिक

काठमाडौं,
साउन ५ ।

‘लकडाउन फोटो प्रतियोगिता २०२०’को नतिजा सार्बजनिक भएको छ । उक्त प्रतियोगितामा बुढानिलकण्ठ निवासी सोनी खत्री बिजेता बनेकी छिन । यस्तै सरिता राई द्वितीय र खेमसानी मादेन लिम्बू तृतीय भएकी छिन ।

बिजेता बनेकी खत्रीले नगद २५ हजारसहित ट्रफी मेडल र गिफ्टह्याम्परका साथ प्रमाण पत्र जितेकी छिन । यस्तै क्रमशः द्वितीय र त्रितिय हुने सरिता राई र खेमसानी मादेन लिम्बुले पनि १५ हजार र १० हजारका साथै ट्रफी र सम्मान पत्र हात पारेका छन् ।

उक्त प्रतियोगिता गत जेष्ठ महिनादेखि लकडाउनलाई लक्ष्यितगरी सञ्चालन गरिएको कार्यक्रम निर्देशक समीर लामाले बताए । उनका अनुसार प्रतियोगितामा ७ सय ५६ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा सहभागिता जनाएका मध्येबाट पब्लिक च्याइस अवार्ड र फोटो जेनिक अवार्ड ५/५ जनाले जित्नेको प्रतियोगिताका सहसंयोजक राम सुस्लिङ मगरले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार