‘मानिदेउन शिव जी…’ ल्याउँदै महिला रेस्लर अस्मिता

काठमाडौं,
साउन ४ ।

रेस्लिङ खेलसँगै कला क्षेत्रमा पनि सक्रिय अस्मिता सुनार (जुरेली)ले तीज गीत लिएर आउने भएकी छन् । धेरै गीत र टेलीसिरियलमा अभिनय गरिसकेकी अस्मिताले तीज गीत ‘मानिदेउन शिव जी…’ गाएकी हुन् ।

तीज गीत बीच बीचमा-२ र बारीको पाटामा अभिनय गरेकी रेस्लर जुरेलीले यस पटक भने आफ्नै स्वरमा तीज गीत ‘मानिदेउन शिव जी’ लिएर आउने भएकी हुन् ।

ओम सुनारको सङ्गीत रहेको उक्त गीत ‘मानिदेउन शिव जी’लाई शिवम अधिकारीले लेखेका हुन् । दुर्गेश थापा, अस्मिता जुरेली, लोमश शर्मालगायतका कलाकारको अभिनय हेर्न पाइने उक्त गीतको भिडियो छिट्टै स्रोता/दर्शकमाझ आउँने अस्मिताले जनाइन ।

यसमा तपाइको मत

अन्य समाचार