नेपाल पत्रकार महासङ्घ कतार शाखाको सल्लाहकारमा सरोज

कतार
साउन ३ ।

नेपाल पत्रकार महासङ्घ कतार शाखाले कार्य समितिका एवम् रिक्त अन्य पदहरुमा पदपूर्ति गरेको छ । कतार शाखाको शुक्रबार बसेको बैठकले रिक्त सहसचिवमा सीताराम थापालाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दीपजंग साह, दीलिप पराजुली, अर्जुन पौडेललाई चयन गरिएको पत्रकार महसङ्घ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए ।

बैठकले पत्रकार महासङ्घ शाख कतार स्थापनार्थ योगदान पुर्‍याएका नेपाल पत्रकार महासङ्घ कतार शाखाका संस्थापक सदस्य तथा पूर्व सहसचिव सरोज बास्तोलालाई सल्लाहकारमा मनोनित गरेको छ ।

बास्तोलासहित अन्य मनोनयन परेका सबै व्यक्तिहरु विभिन्न सामाजिक सङ्घ संस्थासहित पत्रकारितामा क्रियाशिल छन् । सल्लाहकार बास्तोला मोरङ–सुनसरी सेवा समाजका पूर्व अध्यक्ष एवम् पूर्व संरक्षकसमेत हुन् ।

पत्रकार महासङ्घ कतारले जुलाई १७ तारिखदेखि सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यहरुको आवेदन १५ दिनको लागि खुलाएको छ । उपाध्यक्ष नबराज बिकका अनुसार शुक्रबारकै बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार