नेपाल चलचित्र कलाकार सङ्घको सकृयतामा वृहत् रक्तदान

काठमाडौं,
साउन ३ ।

राजधानीमा नेपाल चलचित्र कलाकार सङ्घको सकृयतामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार सङ्घ, गंगादेवी चुचोल टोलसुधार समिति सङ्खमुल तथा नेपाल चलचित्र नृत्य सङ्घको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा ८५ जना भन्दा बढीको सहभागीता थियो ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट अध्यक्ष रबीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह, कोषाध्यक्ष सुनिल कटुवाल, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल छन्दे, भगवती खड्कालगायत कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

योविषम परिस्थितीमा तपाईं हाम्रो एक पाउण्ड रगतले कसैको जीवन बाँच्न सक्छ भने मानव जीवन रक्षार्थ पनि हामीले पहल गर्नुपर्छ भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको, आयोजक मध्येको एक संस्था नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार